८.९० अङ्कले बढ्यो नेप्से, झण्डै साढे ५ अर्बको कारोबार

अनलाइनसमय |
२८ जेठ २०८१
८.९० अङ्कले बढ्यो नेप्से, झण्डै साढे ५ अर्बको कारोबार

काठमाडौं, २८जेठ । केही दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज केही सुधार आएको छ । सोमबार नेप्से परिसूचक ८ दशमलव ९० अङ्कले बढेर २ हजार ८२ दशमलव ०९ को विन्दुमा बन्द भएको छ ।

आज झण्डै साढे ५ अर्ब कारोबार भएको छ । आज १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ७१ हजार ९४८ पटक किनबेच हुँदा कुल ४ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँको कारोबार भएको छ ।

सोमबार ३१४ धितोपत्रको कारोबार हुँदा १७६ धितोपत्रको मूल्य बढेको छ । ६१ धितोपत्रको मूल्य घटेको छ भने ९वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढेको छ भने ६ वटा समूहको उपसूचक घटेको छ ।

आज सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमाको १.२८, फाइनसान्स समूहको १.२१, लघुवित्तको ०.६२, विकास बैंकको ०.३६, लगानी समूहको ०.१५ र उत्पादनमुलक समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ ।

कारोबार भएका उपसूचकमध्ये आज सबैभन्दा बढी म्युचुअल फन्ड समूहको उपसूचक ३ दशमलव ७४ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार समूहको २.०४, होटल एन्ड टुरिजमको ०.९३, जीवन बीमाको ०.२४, बैंकिङ समूहको ०.०२ र अन्य समुहको उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।

सोमबार दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र त्रिशुली जलविद्युत कम्पनी रहेको छ । त्यस्तै पीपुल्स पावरको ९.९९, मोलुङ हाइड्रोपारको ९.४९, सुपर माई हाइड्रोपावरको ८.९९, साम्लिङ पावर कम्पनीको ७.९७ र एनआइसी एसिया फेल्क्सी क्याप फन्डको ७.४६ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनीको शेयर मूल्य ८.६७ प्रतिशतले घटेको छ । त्यस्तै बाराही हाइड्रोपावरको ५.२९, भगवती हाइड्रोपार डिभलपमेन्टको ४.८३, बुद्ध भुमी नेपाल हाइड्रोपारको ३.०१ र बिन्ध्यवासिनी हाइड्रोपावको २ दशमलव ७० प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस