• ताजा समाचार, प्रदेश

    मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, राप्रपाको समर्थन गर्ने घोषणा

     63 Views
    मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, राप्रपाको समर्थन गर्ने घोषणा

    काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतले जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज संसद्मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

    सोमबार गण्डकी प्रदेश सभामा विश्वासको मत माग्दै उनले सबै राजनीतिक दलको सहयोग पाउनेमा विश्वास व्यक्त गरेका छन् । विश्वासको मत पाएमा सबैको विश्वास लिएर काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् । साथै उनले असार १ गते बजेट ल्याउनुपर्ने र बजेट अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने बाध्यता भएकाले सबै राजनीतिक दललाई मत दिन आग्रह गरेका छन् ।

    ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले असार १३ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो ।

    विश्वासको मत लिएरमात्रै मुख्यमन्त्री पाण्डेले मंगलबार नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने योजना बनाएका छन् । प्रदेश सभाको ठूलो दल कांग्रेसका २७ जना सांसद छन् ।

    यसअघि खगराज अधिकारीले विश्वासको मत माग्दा तटस्थ बसेको राप्रपाले पनि विस्वासको मत दिने भएको छ । सोमबार प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment