• कृषि, ताजा समाचार

    कृषि समितिले बोलायो गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई

     70 Views
    कृषि समितिले बोलायो गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई

    काठमाडौं, २४ जेठ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाइएको छ ।

    समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ । यी मन्त्रालयका सचिव पनि छलफलमा उपस्थित हुनेछन् । कांग्रेस सांसद आरजु राणा सभापति रहेको कृषि समितिको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

    सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा औषधीय प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेको थियो । यसअघि यो विषय बजेटमा आए पनि कार्यान्वयन हुन सकेको थिएन ।

     

    यसमा तपाइको मत

    Facebook Comment