• ताजा समाचार, शिक्षा तथा संस्कृति

    महानगरद्वारा छात्रवृत्ति दिने संस्थागत विद्यालय र विद्यार्थी संख्या सार्वजनिक, प्राप्त विवरण कति ?

     153 Views
    महानगरद्वारा छात्रवृत्ति दिने संस्थागत विद्यालय र विद्यार्थी संख्या सार्वजनिक, प्राप्त विवरण कति ?

    काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ । महानगरपालिकाले गोरखापत्रमा उक्त सूचना प्रकाशित गरी सार्वजनिक गरेको हो ।
    महानगरका अनुसार चालू शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका छन् ।

    यस्तै महानगरले ३ दिनभित्र सबै संस्थागत विद्यालाई छात्रवृत्ति विवरण पेस गर्न समेत भनेको छ । साथै महानगरले तोकिएको समयभित्र विवरण नबुझाएका विद्यालयलाई यही वर्षदेखि स्कुल बन्द सूचीमा राख्ने चेतावनीसमेत दिएको छ ।
    महानगरभित्रका सबै संस्थागत विद्यालयमा विद्यार्थीको सङ्ख्या १ लाख ४९ हजार ९५० जना अध्ययनरत छन् । यसमध्येका १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेको महानगरले जनाएको छ ।

    विद्यालयहरूले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम छ । तर कतिपयले त्यो नियम पालना नगरेको पाइएपछि महानगरपालिकाले नियम पालना गर्न ताकेता गर्दै आएको छ ।

    अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, शिक्षा नियमावली २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ मा सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ ।

    छात्रवृत्ति उपलब्ध गराउने संस्थागत विद्यालय र विद्यार्थीको संख्या:

    यसमा तपाइको मत

    Facebook Comment