• Uncategorized, ताजा समाचार, प्रदेश

    मधेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने

     74 Views
    मधेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने

    काठमाडौं, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) नै विश्वासको मत लिने भएका छन् । विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालयले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत आजै लिने तयारी गरेका हुन् ।

    आफू अस्वस्थ भएको भन्दै मुख्यमन्त्री यादवले २८ जेठमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए । तर सभामुख रामचन्द्र मण्डलले बुधबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची बनिसकेको भन्दै त्यसलाई हटाउन अस्वीकार गरे ।

    मुख्यमन्त्रीले विश्वासको मत सदनमा आउने बताएपछि सदन सुरु भएलगत्तै प्रक्रिया पूरा गरेर १० मिनेटका लागि सदनको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    सभामुख मण्डलले संविधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने बुधबार नै अन्तिम दिन भएको बताए । मुख्यमन्त्रीको दल जसपा नेपाल विभाजन भएको ३० दिन भएको भन्दै उनले संवैधानिक जटिलता उत्पन्न हुन सक्ने भएकाले बुधबार नै मुख्यमन्त्रीलाई विश्वासको मत लिन भनिएको जिकिर गरे ।

     

    यसमा तपाइको मत

    Facebook Comment