६.२२ अङ्कले बढेको नेप्से २ हजार ८५ को विन्दुमा, ४ अर्बभन्दा बढी कारोबार

अनलाइनसमय |
२२ जेठ २०८१
६.२२ अङ्कले बढेको नेप्से २ हजार ८५ को विन्दुमा, ४ अर्बभन्दा बढी कारोबार

काठमाडौं, २० जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव २२ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० को विन्दुमा बन्द भएको छ ।

मंगलबार ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ५३ हजार ९९९ पटक किनबेच भएको छ, जसबाट कुल कुल ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँको कारोबार भएको छ । आज ३१५ धितोपत्रको कारोबार हुँदा १२५ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ११४ धितोपत्रको मूल्य घटेकोे छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये तीन समूहको उपसूचक घट्दा १० वटा समूहको उपसूचक बढेको छ ।

आज सबैभन्दा बढी व्यापार समूहको उपसूचक २ दशमलव ७० प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको १.४८, उत्पादनमुलक समूहको ०.८०, लगानी समूहको ०.७०, विकास बैंकको ०.५७, निर्जीवन बीमाको ०.५६, जीवन बीमाको ०.४७, फाइनान्स समूहको ०.२९, बैंकिङ समूहको ०.११ र होटल एन्ड टुरिजम समूहको उपसूचक ०.१० प्रतिशतले बढेको छ ।

कारोबार भएका उपसूचकमध्ये सबैभन्दा धेरै हाइड्रोपावर समूहको उपसूचक ०.६१ प्रतिशतले घटेको छ । त्यस्तै म्युचुअल फन्डको ०.११ र अन्य समूहको उपसूचक ०.२३ प्रतिशतले घटेको छ ।

मंगलबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नारायणी डिभलपमेन्ट बैंकको ८.२४, माहुली लघुवित्त वित्तीय संस्थाको ७.८९, हिमालय लघुवित्त वित्तीय संस्थाको ७.८२, माथिल्लो मैलुङ खोला जनविद्युतको ७.०१, कुमारी इक्युटी फन्डको ६.७९, समता घरेलु लघुवित्त वित्तीय संस्थाको ६.५४ र युनिलिभर नेपाल लिमिटेडको ५.६४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा बढी बुद्ध भुमी नेपाल हाइ«ोपारको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ५ दशमलव ५१ प्रतिशतले घटेको छ । त्यस्तै इस्र्टन हाइड्रोपावरको ४.६८, गणपती लघुवित्त वित्तीय संस्थाको ४.५३, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ सेचमी –३ को ३.९४ र अपर लोहोर खोला हाइड्रोपावर कम्पनीको ३.८६ प्रतिशतले शेयर मुल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस