• खेलकुद, ताजा समाचार

    आइसीसी टी–२० विश्वकप: नेदरल्याण्डसँग खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले गर्‍यो टेक्सासमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन

     91 Views
    आइसीसी टी–२० विश्वकप: नेदरल्याण्डसँग खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले गर्‍यो टेक्सासमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन

    काठमाडौं, २२ जेठ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्याण्डसँग खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि टेक्ससको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दै छ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।

    पूजाआजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसाबले सम्पूर्ण रूपमा राम्रो तयारी गरिरहेको बताए । नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिब एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको उनले बताए ।

    यस्तै उनले २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको बताए । खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने बताए । उनले खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडीहरू उत्साहित रहेको बताए । उनले दर्शकको उपस्थिति पनि बाक्लो रहने अपेक्षा गरे ।

    उनले भने, ’खेलाडीहरूले खेलेर उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने हो । उच्च मनोबलका साथ खेल्नुस् भनेका छौँ । सब खेलाडी उत्साहित हुनुहुन्छ । टीयूकै झल्को दिने गरी दर्शकहरूको उपस्थिति हुनेछ ।’

    यसमा तपाइको मत

    Facebook Comment