• ताजा समाचार, शेयर मार्केट

    १३.५१ अङ्कले बढ्यो नेप्से, व्यापार समूहको उपसूचक सर्वाधिक वृद्धि

     84 Views
    १३.५१ अङ्कले बढ्यो नेप्से, व्यापार समूहको उपसूचक सर्वाधिक वृद्धि

    काठमाडौं, २० जेठ । साताको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ५१ अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८३ दशमलवग ०४ को विन्दुमा बन्द भएको छ ।

    आज ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किन बेच हुँदा कुल ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ रुपैयाँको कारोबार भएको छ । आज ६५ हजार ६५४ पटक शेयर किनबेच भएको छ ।

    आइतबार ३२५ धितोपत्रको कारोबार हुँदा १७४ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६१ धितोपत्रको मूल्य घटेको छ भने १२ वटा धितोपत्रको मूल्य स्थिर छ ।

    यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० ओटा समूहको उपसूचक बढेको छ भने तीन ओटा समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ६ दशमलव ५६ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स समूहको २.१७, हाइड्रोपावरको १.२६, बैंकिङ समूहको १.११, जीवन बीमाको ०.७७, निर्जीवन बीमाको ०.६७, लघ वित्तको ०.५२, होटल एन्ड टुरिजमको ०.४६, विकास बैंकको ०.२२ र अन्य समूहको उपसूचक ०.९६ प्रतिशतले बढेको छ ।

    कारोबार भएका उपसूचकमध्ये आज सबैभन्दा बढी उत्पादनमुलक समूहको उपसूच २.४० प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूहको ०.२३ र म्युचुअल फन्डको उपसूचक ०.०५ प्रतिशतले घटेको छ ।

    आइतबार मल्टिपर्पाेज फाइनान्स कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडको ८.८५, अपर सोलू हाइड्रो इलेक्ट्रिक कम्पनीको ८.४८, माइखोला हाइड्रोपावरको ८.०२, नेपाल फाइनान्सको ७.८०, अपर लोहोर खोला हाइड्रोपावरको ७.४४ र साल्ट ट्रेडिङ कर्पाेरेशनको ६.९६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज सबैभन्दा बढी नारायण डिभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव १३ प्रतिशतले घटेको छ । त्यस्तै युनिलिभर नेपाल लिमिटेडको ७.८८, पोखरा फाइनान्स लिमिटेडको ५.२४, लक्ष्मी भ्यालु फन्ड–२ को ३.७४ र सुपर माडी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ३ दमलव ७३ प्रतिशतले घटेको छ ।

     

     

    यसमा तपाइको मत

    Facebook Comment