• ताजा समाचार, पर्यटन

    पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए, सबैभन्दा बढी भारतीय

     121 Views
    पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए, सबैभन्दा बढी भारतीय

    काठमाडौं, २० जेठ । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनासम्ममा ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएका छन् । मे महिनामा मात्रै ९० हजार २ सय ११ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

    पाँच महिनामा सबैभन्दा बढी भारतीय नागरिक नेपाल आएका छन् । सो अवधिमा भारतबाट मात्रै १ लाख ४८ हजार ८ सय ६१ पर्यटक आएका छन् । मे २०२४ मा मात्र भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका छन् ।

    भारतपछि सबैभन्दा बढी चीनबाट पर्यटक नेपाल आएका छन् । पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन् । मेमा मात्र ८ हजार ३ सय ८१ चिनियाँ नागरिक नेपाल भ्रमणमा आएका छन् ।

    यस्तै तेस्रोमा रहेको अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांक छ । मे २०२४ मा अमेरिकाबाट ८ हजार ५ सय २७ पर्यटक  आएका छन् ।

    २०२४ मेमा बंगलादेशबाट ३ हजार ४ सय ५८ र बेलायतबाट २ हजार ८ सय २ जना नेपाल आएका छन् ।

    यस्तै यस वर्षको सरुको महिना जनवरीमा ७९ हजार एक सय पर्यटक नेपाल आएका थिए । त्यस्तै फेब्रुअरी: ९७,४ सय २६ पर्यटक आएका थिए भने मार्च र अप्रिल महिनामा क्रमश: १ लाख २८ हजार १६७ र १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका थिए । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ ।

     

     

    यसमा तपाइको मत

    Facebook Comment