अभिलेख संरक्षण संशोधन विधेयक पारित

अनलाइनसमय |
१८ जेठ २०८१
अभिलेख संरक्षण संशोधन विधेयक पारित

काठमाडौं, १८ जेठ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ । शुक्रबार बसेको समितिको बैठकले विधेयक सर्वसम्मतले पारित गरेको हो ।

राष्ट्रिय सभाबाट पारित भएर आएको उक्त विधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ । त्यसपछि प्रतिनिधि सभाबाट स्वीकृत भएर पुनः राष्ट्रिय सभामा नै जान्छ ।

प्रतिनिधि सभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक कानुनमा रूपान्तरित भएर कार्यान्वयनमा आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस