• ताजा समाचार, विश्व

    चीन र अरब राष्ट्रबीच पाँच सहकार्यका ढाँचा घोषणा, कुन कुन क्षेत्र छन् ?

     90 Views
    चीन र अरब राष्ट्रबीच पाँच सहकार्यका ढाँचा घोषणा, कुन कुन क्षेत्र छन् ?

    काठमाडौं, १७ जेठ । चीन र अरब राष्ट्रबीच आपसी सहकार्यको घोषणा भएको छ । चीन–अरब राज्य सहकार्यक मञ्चको सभालाई सम्बोधन गर्दै सीले सहकार्यका पाँच ढाँचा घोषणा गरे । उक्त घोषणामा चीन र अरबबीच गतिशील नवप्रवर्तन, विस्तारित सहयोग र लगानीमा नवीनत सहकार्य, ऊर्जा क्षेत्रमा वृहत सहकार्य हुनेछ ।

    यस्तै, आर्थिक र व्यापारिक रुपमा आपसी हित र जनस्तरमा आदनप्रदानमार्फत थप सहकार्यको पनि घोषणा भएको छ । ऊर्जा क्षेत्रमा हरित ऊर्जामा सहकार्य गर्ने र आधुनिक कृषि प्रणालीका साथै सूचना प्रविधिमा सहयोग गर्ने तथा दुई मुलुकबीच अन्तरिक्षको प्रविधिमा सहकार्यको घोषणा भएको छ ।

    अरब राष्ट्र र चीनबीच बीआरआईमा पनि सहकार्यको सम्झौता छ । जसअन्तर्गत २०० भन्दा बढी परियोजनामा आपसी सहकार्य भइरहेको छ । यसबाट २ अर्ब मानिस लाभान्वित हुने अपेक्षा राखिएको छ । चीन र अरब राष्ट्रबीच हाल ४०० अर्बको व्यापार भएको छ । सहकार्यको नयाँ ढाँचामार्फत यस व्यापारलाइ बढोत्तरी दिने आपसी अपेक्षा रहेको छ ।

    बिहीबार सम्मेलनमा सम्बोधन गर्दै सीले चीन र अरबबीचको सहकार्य नयाँ उचाइमा अघि बढिरहेको बताएका छन् । यस्तै उनले चीनले अरबसँग रणनीतिक साझेदारी गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा लान तयार रहेको बताए । सन् २०२६ को चीन–अरब सम्मेलन आफ्नो मुलुकले आयोजना गर्ने उनले जानकारी दिए ।

    यसमा तपाइको मत

    Facebook Comment