• ताजा समाचार, प्रदेश

    माधव नेपालको दोहोरो भूमिकाले सुदूरपश्चिममा सरकार विस्तार हुन सकेन: मन्त्री भण्डारी

     87 Views
    माधव नेपालको दोहोरो भूमिकाले सुदूरपश्चिममा सरकार विस्तार हुन सकेन: मन्त्री भण्डारी

    काठमाडौं, १७ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो भूमिकाका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन् । बिहिबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले यस्तो बताएका हुन् ।

    मन्त्री भण्डारीले माधव नेपालले सत्तामा रहेर कांग्रेलगायतका प्रतिपक्षीसँग पनि छलफल चलाइरहेको बताउँदै उनको यस्तो भूमिकाले स्वयंलाई क्षति हुने बताए ।

    उनले भने ‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । छिटै त्यसको निरूपण हुन्छ,’ उनले अघि भने, ‘त्यही कारणले सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन ।

    सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, एमालेको अडानका कारण अझैपनि सरकार विस्तार हुन सकेको छैन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment