औषधिजन्य उद्योगलाई गाँजा उपयोग गर्न दिइने

अनलाइनसमय |
१५ जेठ २०८१
औषधिजन्य उद्योगलाई गाँजा उपयोग गर्न दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि औषधिजन्य उद्योगलाई गाँजा उपयोग गर्न दिने भएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त कुरा जानकारी दिएका हुन् ।

अर्थमन्त्री पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै कानुनी प्रक्रिया पुरा गरेर औषधिजन्य उद्योगलाई गाँजा उपयोग गर्न दिइने र गाजा खेतीलाई खुल्ला गरेको बताए ।

नेपालमा लामो समयदेखि गाजाको व्यवसायीक खेतिका लागि खुल्ला गर्न माग गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस