काठमाडौं, १५ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूलाई महिनावारीको समयमा चार दिन बिदा दिने घोषणा गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।
त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने लामिछानेले बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’