तराईका जिल्लाहरुमा तीन दिनसम्म तातो हावा चल्ने, सतर्क रहन अनुरोध

अनलाइनसमय |
१४ जेठ २०८१
तराईका जिल्लाहरुमा तीन दिनसम्म तातो हावा चल्ने, सतर्क रहन अनुरोध

काठमाडौं, १४ जेठ , तराईका जिल्लाहरूमा तीन दिनसम्म तातो हावा चल्ने चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार बुलेटिन जारी गरी आजदेखि तीनदिन सम्म तराईका जिल्लाहरुमा तातो हावा चल्ने पूर्वानुमान गर्दै यस्तो चेतावनी दिएको हो ।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम बढेर ४० डिग्री वा सोभन्दा बढीसम्म पुगेको जनाउँदै उक्त क्रम थप बढ्न सक्ने भन्दै सबैलाई सतर्क रहन भनेको छ ।

पश्चिम तराईको तुलनामा पूर्वी तराईमा भने तातो हावाको जोखिम कम रहेको महाशाखाले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, मांशपेशीहरू दुख्ने, वान्ता हुने जस्ता समस्या देखिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यसबाट बँच्न घरभित्र बस्ने, धेरै बाहिर ननिस्कने, हलुका तथा सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त खान महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस