एमालेलाई विश्वप्रकाशको जवाफ: कांग्रेसलाई झुटो आरोप लगाउँदा माफी माफी माग्नुपर्छ कि पर्दैन ?

अनलाइनसमय |
१४ जेठ २०८१
एमालेलाई विश्वप्रकाशको जवाफ: कांग्रेसलाई झुटो आरोप लगाउँदा माफी माफी माग्नुपर्छ कि पर्दैन ?

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झुटो आरोप लगाएकामा केपी शर्मा ओलीले माफी माग्नुपर्छ कि पर्दैन भनेर एमालेलाई प्रतिप्रश्न गरेका छन् । सोमबार बालुवाटारमा बसेको तीन दलको बैठकमा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अनावश्यक आरोप लगाएको भन्दै एमाले नेताहरुले कांग्रेसले लिखित र सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका थिए ।

कांग्रेस महामन्त्री शर्माको जवाफ छ, ‘कांग्रेसलाई झुटो आरोप लगाउँदा माफी माग्नुनपर्ने, कांग्रेसले प्रतिवाद गर्दा माफी माग्नुपर्ने ? नेपाल हो यो, उत्तर कोरिया होइन ।’

कांग्रेस महामन्त्री शर्माले ओली स्वयंले पहिले कांग्रेसलाई आरोपित गरेको नबिर्सन आग्रह गरे । उनले भने, ‘गिरिबन्धुमा अदालत बोलेपछि केही बोलेकै थिएनौं, ओलीले फायर खोल्नुभयो र भन्नुभयो– कांग्रेसले बेचेर कमिसन खायो । ओलीको आरोप तथ्यहीन थियो, उहाँले त्यो फिर्ता लिनुभएको हो ?’ ओलीले तथ्यहीन आरोप लगाएपछि तथ्य राखेर प्रतिवाद मात्र गरेको महामन्त्री शर्माले बताए ।

गिरिबन्धु टि इस्टेटको २४३ विघा भन्दा बढी जग्गा सट्टापट्टा गर्न ओली नेतृत्वको सरकारका पालामा बनेको कानुनलाई खारेज गरेको सर्वोच्चको फैसलाको पूर्णपाठमा उक्त निर्णयलाई नीतिगत भ्रष्टाचार भनिएको छ । यो सार्वजनिक भएपछि फैसलामाथि नै प्रश्न उठाउने क्रममा ओलीले जेठ १४ गते संसदीय दलको बैठकमा कांग्रेसमाथि कमिसन खाएर ७० विघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको आरोप लगाए ।त्यसपछि कांग्रेस नेताहरुले ओलीको भनाइको प्रतिवाद गरे । महामन्त्री शर्माले सहकारी प्रकरणमा एमाले नबोलेको र गिरीबन्धुमा रास्वपा मौन बसेको भन्दै सहकारीबन्धु गठबन्धनको संज्ञा दिएका थिए ।

प्रमुख तीन दलको शनिबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले अनावश्यक लाञ्छना लगाएको भन्दै आपत्ति जनाएका थिए । आइतबार कांग्रेसले गरेको प्रदर्शनमा महामन्त्री शर्माले यो मुद्दामा थप चर्कोसँग उठाए । त्यसलाई लिएर सोमबार तीन दलको बैठकमा एमाले नेताहरुले कांग्रेसले माफी माग्नुपर्ने बताएका हुन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस