संसद् अबरोध अन्त्य गर्न प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्षसँग गरेको छलफल निष्कर्षविहीन

अनलाइनसमय |
१४ जेठ २०८१
संसद् अबरोध अन्त्य गर्न प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्षसँग गरेको छलफल निष्कर्षविहीन

काठमाडौं, १४ जेठ । लामो समयदेखि कांग्रेसले गर्दै आएको संसद् अबरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि उक्त छलफल निष्कर्षविहीन भएको हो । विहानको छलफल नटुङ्गििएपछि आज साँझ फेरि छलफल गर्ने भनिएको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको बताएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस