कांग्रेसको वेल घेराउकै बीच आर्थिक सर्वेक्षण तथा वार्षिक समीक्षा २०८१ पेस

अनलाइनसमय |
१३ जेठ २०८१
कांग्रेसको वेल घेराउकै बीच आर्थिक सर्वेक्षण तथा वार्षिक समीक्षा २०८१ पेस

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दैै संसद् अवरुद्ध गरेको छ । आइतबार मध्यान्न १२ बजे बसेको प्रतिनिधि सभा बैठक कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको हो ।

बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। साथै विपक्षी दलहरूले पनि उठेर विरोध गरेका थिए ।

सभामुख घिमिरेले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिएका छन्। त्यसपश्चात् सभामुख घिमिरे कार्यसूचीमा प्रवेश गरेका थिए । सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेस गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दैै वेल घेराउ गरेको हो ।

उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । तर, पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए ।

कांग्रेसका सांसदको वेल घेराउबीच अर्थमन्त्री पुनले प्रतिवेदन पेस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस