• ताजा समाचार, प्रदेश

    व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते हुने

     110 Views
    व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते हुने

    काठमाडौं, ११ जेठ । तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना असार २ गते हुने भएको छ ।

    स्थानीय तहको निर्वाचन सकिएको दुई वर्षपछि उच्च अदालत पोखराले यही जेठ २ गते तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्नुपर्ने फैसला गरेको थियो ।

    अदालतले दिएको आदेशको पूर्ण पाठमा असार २ गते बिहान १० बजेदेखि गणना सुरु हुने उल्लेख छ । यसअघि संक्षिप्त आदेशमा पुनः गणना गर्नुपर्ने फैसला गरेकोमा पूर्ण पाठमा १ महिनाभित्रै गणना गरी प्रतिवेदन पेस गर्न भनेको छ ।

    फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘आदेशको प्रतिलिपि साथै राखी दोहोरÞ्याइ मतगणना गर्ने कार्य मिति २०८१ असार २ गते बिहान १० बजे सुरु हुने ब्यहोरा जानकारीका लागि निवेदक तथा विपक्षी वैकुण्ठनाथ न्यौपाने तथा जिल्ला निर्वाचन कार्यालय तनहुँलाई दिनू’ अदालतका रजिष्ट्रार अच्युत कुइँकेलका अनुसार पूर्ण पाठको पत्राचार निर्वाचन आयोगमा भैसकेको छ ।

    २०७९ साल वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको र पुनः मगणना गर्न पाउनुपर्ने भन्दै उमेदवार रहेका जोशीले जेठ १२ गते उच्च अदालतमा रिट दायर गरेका थिए ।

    यसमा तपाइको मत

    Facebook Comment