कांग्रेसले तोक्यो काठमाडौं प्रदर्शन तयारीका लागि १५ प्रतिनिधि

अनलाइनसमय |
११ जेठ २०८१
कांग्रेसले तोक्यो काठमाडौं प्रदर्शन तयारीका लागि १५ प्रतिनिधि

कठमाडौं, ११ जेठ, नेपाली कांग्रेसले काठमाडौंमा गर्ने विरोध प्रदर्शनको लागि प्रतिनिधि खटाएको छ । कांग्रेसले आइतबार काठमाडौंमा गर्ने विरोध प्रदर्शनका क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ ।

काठमाडौंका १० क्षेत्रमा अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा डिला संग्रौला र सरिता प्रसाईंलाई तोकिएको छ ।

यस्तै ललितपुरका ३ क्षेत्रमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । भक्तपुरका २ क्षेत्रमा इन्द्र बानियाँ र गणेश लामा प्रतिनिधि छन् ।

पार्टीले तोकेका प्रतिनिधिले क्षेत्रगत बैठक गर्ने, प्रदर्शनको तयारी, कार्यकताई प्रशिक्षित गर्नेछन् ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

काठमाडौं पछि कांग्रेसको प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस