रमेश लेखक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मनोनीत

अनलाइनसमय |
१० जेठ २०८१
रमेश लेखक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मनोनीत

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् ।

केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक लेखकलाइ पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् ।

उनलाई पार्टीको विधान २०१७ को धारा २३ को उपधारा २ अनुसार कार्यसम्पादन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनीत गर्न पाउने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस