टिओआर तय गर्न गठित कार्यदलको बैठक निष्कर्षविहीन

अनलाइनसमय |
८ जेठ २०८१
टिओआर तय गर्न गठित कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं, ८ जेठ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टिओआर) तय गर्न गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो ।

कार्यदलका सदस्यहरुले भने बैठक सकारात्मक भएको बताएका छन् । कार्यदलमा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘दुवै पक्षबाट आ–आफ्ना धारणा राख्ने, सुन्ने काम भयो र सहमतिको मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भयो ।’

संसदीय छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछाने, उनीसँग जोडिएको कम्पनी र सहकारीको नाम उल्लेख गर्नुपर्ने अडान कांग्रेसले दोहो¥याएको छ । तर, एमाले र रास्वपा त्यो कुरामा सहमत भएनन् । मध्यमार्गी बाटो निकालेर अघि बढ्न उनीहरू पनि तयार भएको बताइएको छ ।

नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस