काठमाडौं, ८ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दुःखद भएको बताएका छन् ।
जनकपुरमा मंगलबार बिहान समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले सांसदमा घटेका घटनाहरु सुखद नभएको भन्दै त्यस्ता घटना वार्ता र संवादबाट समाधान गर्नु पर्ने बताएका हुन् ।
यस्तै उनले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताए । जसपा नेपाल विभाजति भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने उनको भनाइ छ ।