काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभए बजेट प्रस्तुतमा पनि प्रतिरोध हुने बताएको छ । सोमबार दिउँसो बसेको संसदीय दलको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विपक्षीले उठाएको माग सम्बोधन भए बजेट प्रस्तुत गर्दा पनि प्रतिरोध हुने बताए ।
उनले भने, ‘माननीय अर्थमन्त्रीजीले बजेटको पाठ गर्नुपर्छ । वातावरण त सरकारले बनाउनुप¥यो नि । सरकार वातावरण नबनाउने । बलमिच्याइ गर्ने । ज्यादती गर्ने, बहुमतको दम्भले काम गर्ने, प्रतिपक्षलाई बोल्न नदिने ढंगले सरकार अगाडि बढ्यो भने त्यसको प्रतिरोध हुन्छ ।’ आफूहरूले उठाएको (सहकारी ठगीमा संसदीय छानबिन समिति गठन) मुद्दा सम्बोधन हुने गरी सरकार प्रस्तुत भए सदन सहज ढंगले सञ्चालन हुने उनको भनाइ थियो ।
संविधान अनुसार जेठ १५ मा सरकारले बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।