• ताजा समाचार, वाणिज्य

    तीन वर्षमा वित्त कम्पनीको खराब कर्जा करिब दोब्बर

     132 Views
    तीन वर्षमा वित्त कम्पनीको खराब कर्जा करिब दोब्बर

    काठमाडौं, ७ जेठ । पछिल्लो समय वित्त कम्पनीहरुको खराब कर्जा बढ्दै गएको छ । तीन वर्षमा वित्त कम्पनीको खराब कर्जा करिब दोब्बर पुगिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०–८१ को तेस्रो त्रैमाससम्ममा वित्त कम्पनीको खराब कर्जा १० दशमलव ४० प्रतिशत पुगेको छ, जुन आव २०७७–७८ को चैतसम्मको तुलनामा ४ दशमलव ६९ प्रतिशत विन्दुले बढी हो । आव २०७७–७८ को सोही अवधिमा वित्त कम्पनीको खराब कर्जा ५ दशमलव ७१ प्रतिशत मात्र थियो ।

    पछिल्ला आर्थिक वर्षमा वित्त कम्पनीको खराब कर्जा निरन्तर वृद्धि भइरहेको छ, जसअनुसार आव २०७८–७९ को सोही अवधिमा आइपुग्दा बढेर ७ प्रतिशत पुगेको छ । अर्थात् आव ७७÷७८ को तेस्रो त्रैमाससम्मको तुलनामा १.२९ प्रतिशत विन्दुले बढेको हो ।

    यस्तै पछिल्लो आर्थिक वर्ष २०७९–८० को चैतसम्ममा वित्त कम्पनीको खराब कर्जा बढेर ८ दशमलव १९ प्रतिशत पुगेको छ, जुन अघिल्लो आव २०७८–७९ को ९ महिनाको तुलनामा १.१९ प्रतिशत विन्दुले बढेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा आइपुग्दा वित्त कम्पनीको खराब कर्जा बढेर १०.४० प्रतिशत पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलव २१ प्रतिशत बिन्दुले बढी हो ।

    यसमा तपाइको मत

    Facebook Comment