• ताजा समाचार, राजनीति

    आजको संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय

     124 Views
    आजको संसदमा गृहमन्त्री लामिछानेलाई  बोल्न दिने विपक्षी दलको निर्णय

    काठमाडौं, ६ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन निर्णय गरेको हो ।

    उक्त बैठकले गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने निष्कर्ष निकालेको छ ।

    विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए ।

    सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुको पनि समर्थन छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment