काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास व्यक्त गरेका छन् । संसद्को गतिरोध खुलाउने विषयमा आफू शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेको ब्रिफिङ प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसमक्ष गरेका छन् ।
नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै उक्त विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग राख्दै आएको छ । यही माग राखेर कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।