काठमाडौं, २ जेठ । सरकारले गरेका सहमतिको पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानी स्थित भृकुटीमण्डप नजिकै मुख्य सडकमा प्रदर्शन गरेका छन् ।
कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयन गरिने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै उनिहरु प्रदर्शनमा उत्रिएका हुन् ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सरकारसँग सहमति भएको थियो ।