काठमाडौं, ३१ वैशाख । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो उनीहरूबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकारको नीति तथा कार्यक्रम तयारीलगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
संघीय संसदको मंगलबार अपराह्न बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नगरे मंगलबारको बैठक पनि अवरोध गर्ने बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सोमबार साँझसम्म संसदको गतिरोध अन्त्य गर्ने विषयमा निष्कर्षमा पुगिने बताएका छन् ।