• ताजा समाचार, रोजगार

    ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

     96 Views
    ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

    काठमाडौं, २८ वैशाख । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको हो ।

    ईपीएस कोरिया शाखाका अनुसार दोस्रो चरणको लागि छनोट भएका ६ हजार ३२१ जनामध्ये पाँच हजार ७५३ जना पास भएका छन् । छनोट भएका ४९८ जना फेल भएको र ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ ।

    गत फागुन ७ देखि चैत २४ गतेसम्म लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार पाँच सय ८० जना सहभागी भएका थिए । जसमध्ये ६ हजार ३२१ जना उत्तीर्ण भएर सिप परीक्षणका लागि छनोट भएका थिए ।

    सीप परीक्षणमा उत्तिर्ण भएका व्यक्तिको दक्षिण कोरियामा ईपीएस अन्तर्गत रोष्टर सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (जब एप्लिकेशन फाराम) दर्ता गरिने कार्यालयले जनाएको छ । उनीहरूको स्वास्थ्य परीक्षण यही वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म हुनेछ । ईपीएस शाखाका अनुसार पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पतालमा स्वास्थ्य परीक्षण हुनेछ ।

    त्यसपछि २०८१÷०२÷५ गतेदेखि ८ गतेसम्म अनलाइनमार्फत रोजगार आवेदन फाराम दर्ता गरिने शाखाले जनाएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment