• Uncategorized, अन्तर्वार्ता, विचार

    ने.वा.ए.को निर्वाचनमा प्रगतिशील समुहका चुनावी कमाण्डर श्री रुद्र नेपाल सॅगको संवाद:

     302 Views
    ने.वा.ए.को निर्वाचनमा प्रगतिशील समुहका चुनावी कमाण्डर श्री रुद्र नेपाल सॅगको संवाद:
    नेपाल वार एशोसियसनको यहि चैत्र १६ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रित गरेर स्याटलाइट खबरका प्रतिनिधिले नेपाल कानुन व्यवसायीहरुको संगठनका अध्यक्ष तथा प्रगतिशील एवं समावेशी समुहका चुनावी कमाण्डर अधिवक्ता श्री रुद्र नेपालसॅग गर्नु भएको कुराकानीमा आधारित :
    १. सन्चै हुनुहुन्छ ? कस्तो छ चुनावी दौडधुप ?
    -> सन्चै छु । हामी नेपाल वार एशोसियसनको आसन्न निर्वाचन केन्द्रित विभिन्न परिचालनका काममा संलग्न छौं । त्यहि भएर समयका हिसाबले व्यस्त नैं देखिन्छौं ।
    २.उम्मेदवारहरुलाई मतदाता सॅग भेटघाट गराउने वातावरण कसरी मिलाइरहनु भएको छ ?
    ->अहिलेसम्म उमेद्वारहरुलाई मतदाता समक्ष भेटघाट गराउने वातावरण विभिन्न मिडियाहरु, परिचालन कमिटि, कार्यक्रमहरु मार्फत गराईरहेका छौं । विभिन्न वार इकाइहरुमा, भौगोलिक क्षेत्रमा रहेका व्यवसायीक क्षेत्रमा रहेका थुप्रै क्लस्टरहरुमा मतदाताहरुको वीचमा पुग्ने गरि हामीले उमेद्वारहरुको टोली परिचालन गरेका छौं । समय विभाजन गरेर उहाँहरु आफ्नो मतदाताका वीचमा जाने प्रयास गरिरहनु भएको छ । हामीलाई प्राप्त सुचना अनुसार उहाँहरुले महत्वपुर्ण रुपमा मतदाता समक्ष पुग्ने उपलव्धी प्राप्त गर्नु भएको छ ।
    ३. के एजेण्डा लिएर मतदातासॅग मत माग्दै हुनुहुन्छ ?
    ->अहिले वास्तवमा न्यायपालिका भित्रका बिकृती, विसङ्गती र भ्रष्टाचारलाई न्युनिकरण गर्ने गरि गर्ने थुप्रै महत्वपुर्ण एजेण्डाहरु हाम्रा विषयहरु छन् । न्यायिक समृद्दी, समाजवाद उन्मुख न्यायप्रणाली निर्माणका लागि  गर्नु पर्ने वारको जे भुमिका हो त्यो भुमिका पुरा गर्नका लागि सबैभन्दा बढि समावेशिताका प्रत्येक पक्षलाई समेट्ने गरी उमेद्वारको टिम निर्माण गरेका छौं । यसमा विभिन्न विषय विज्ञहरुलाई समावेशिताका सबै पक्षमा समेटेर नैं टिमको निर्माण भएको छ । अहिले सम्म हामीले प्राप्त गरेको सुझावका आधारमा हामी भन्न सक्छौं चाहे निष्ठावान, चाहे पेशागत, चाहे अनुभवी वा विषय विज्ञताका हिसाबले प्रतिस्पर्धी समुहका प्रत्येक पदका उमेद्वारहरु भन्दा हाम्रा उमेद्वारहरु सबै हिसाबले बृहत्तर रहेको, उत्कृष्ट रहेको हामीले महशुश गरेका छौं ।
    ४. तपाईंको बुझाइमा मतदाताले यो पटक कस्तो नेता छनोट गर्लान् जस्तो लागिरहेको छ ?
    ->कानुन व्यवसायी भनेका सामाजिक अभियन्ताहरु हुन् । समाज विज्ञानका धेरै आवश्यकतालाई यो क्षेत्रबाट कसरी पुरा गर्न सकिन्छ भन्ने कुरामा मतदाताहरु चिन्तित छन् । यो चिन्ता, यो सरोकार र यो चासोलाई समाधान गर्नसक्ने त्यस्तो उर्जाशिल, त्यस्तो शसक्त र त्यस्तो आश्वस्त हुन सक्ने अनुभवी, व्यवसायीक र सक्षम नेतृत्व हाम्रो समुहले नै गरेको कारणले गर्दा हाम्रो समुह माथि नै   मतदाताहरुको भरोसा रहेको छ ।
    ५. तपाईंको समुहबाट मतदाता आकर्शित गर्न सक्ने राम्रा पक्षहरु के के छन् ?
    ->अहिलेको वारको जे भुमिका हो त्यो भुमिकाले आम कानुन व्यवसायीहरुको शिर निहुरिने काम गरेको छ । हाम्रो समुह कुनैं एउटा  राजनितिक शक्तिसँग नजिक रहेको एउटा जनवर्गिय संगठनको जस्तो समुह होइन । विभिन्न आस्था, विचार बोकेका कानुन व्यवसायीहरु जो फरक मतहरु आफ्नै ढंगले राख्ने गरेका छन् ति सबैलाई समेटेर समावेशी समुह निर्माण गरेका छौं । यो समुह निर्माण देखि परिचालनका विचमा हामीले धेरै कुरा न्यायपालिकाको सिमा, न्यायपालिकाको स्वतन्त्रता, न्यायपालिकाको अहिलेको जुन आवश्यकता हो यो न्यायिक क्षेत्रलाई चुस्त, दुरुस्त, जवाफदेही, कानुनको शासन, संविधानवाद, न्यायका कानुन व्यवसायीका जुन मुलमन्त्रहरु हुन्  यो अहिले सम्मको जुन बिग्रेको, भत्केको अवस्था छ यो सबै सपार्नका लागि, सुधार्नका लागि, सिंगै न्याय क्षेत्रलाई सफा गर्नका लागि र अहिलेको देशको राष्ट्रिय आवश्यकता सँग न्यायपालिकालाई जोड्नका लागि, समृद्दीको यो निष्ठालाई गाँस्नका लागि निष्ठावान, अनुभवी र व्यवसायीक उमेद्वारहरुलाई हामीले मैदानमा खडागरेका छौं । आम मतदाताले यो कुरा बुझेका छन्  र यो पटक मतदान गर्न आतुर छन्  र कसरी यो पटक राम्रा तथा हाम्रा उमेदेवारहरुलाई जिताउन सकिन्छ भनेर मतदाताहरु अहोरात्र लागरिहेको हामीले पाहेका छौं ।
    ६. तपाईंहरु सँग दुई तिहाईको जनमत सोही किसिमको वकिलको मत मानेर लोकतान्त्रिक समुहले भागबन्डामा कार्य समिति चयन गरौँ भनेर प्रस्ताव त गरेन ?
    ->दुईतिहाईको सरकार र कानुन व्यवसायी, न्यायपालिका र नेपालवारको सम्बन्ध सिधा सम्बन्ध हुँदैन । त्यसको प्रत्यक्ष असर यहाँ पर्ने  पनि होइन यध्यपि प्रतिस्पर्धि, सहधर्मि एउटा समुहको तर्फबाट सहमतिका थुप्रै कुराहरु हुनका लागि हामीले आफ्नो जे प्रयास गरिऊँ  त्यो एउटा अवस्था सम्म हाम्रो प्रस्तावकै छलफल गर्ने क्रममा पनि नगरेका त होइनौं तर उहाँहरुको अघिल्लो पटकको निर्वाचनको परिणाम प्राप्त गरेका हिसाबले आफुले जसरी पनि, जे गर्दा पनि जित्छौं भनेर एकदमै शिर्षस्थ, अनुभवी र बरिष्ठ नेतृत्व दिँदाखेरि समेत उहाँहरुले त्यसलाई परास्त गर्न सकिन्छ भन्ने बुझाई उहाँहरुमा रहनपुग्यो जसले गर्दा उहाँहरु सहमति गरेर जान तयार रहनु भएन । त्यस पछि हामीले यो एउटा टिम चाहिँ प्रतिस्पर्धाका विचमा अगाडी सारेका छौं ।
    ७. त्यसो भए प्रतिस्पर्धा हुँदा कति मतको अन्तर देखिएला ?
    ->ठ्याक्कै जोडघटाउका हिसाबले यत्ति नैं भनिहाल्न सकिने स्थिति त छैन । तर हरेक हिसाबका सुचकांकहरुले बताए अनुसार हामी प्रतिस्पर्धि भन्दा अगाडी छौं भन्ने हामीलाई लागेको छ ।
    ८. अन्त्यमा; मतदातालाई भन्नुपर्ने केही छ की ?
    ->कानुन व्यवसायी मतदाता भएको यो वारको निर्वाचन विशिष्ट निर्वाचन हो । यो अहिले केवल कानुन व्यवसायीको मात्रै निर्वाचन हैन कि ! यो देश कता जाँदैछ ? प्राज्ञहरु कता जाँदै छन् ? विज्ञहरु कता जाँदै छन् ? विद्धानहरु कता जाँदैछन् ? स्कलरहरु कता जाँदै छन् ? यसले कुन दिशालाई सुचित गर्दछ ? भन्ने सन्देशमुलक निर्वाचन भएका कारणले गर्दा यो सबैको साझा सरोकारको विषय पनि छ । त्यसैले नेपाल वार जस्तो सामाजिक अभियन्ताको नेतृत्व गर्ने जिम्मेवार जमात र नेपालको जुनसुकै महत्वपुर्ण निर्णय गर्दा कानुन व्यवसायीहरुको महत्वपुर्ण भुमिका हुने गरेको जमातको निर्वाचनको कुरा भएको कारणले गर्दा सबै मतदाताहरु जवाफदेही छन्, जिम्मेवार छन्, संवेदनशिल छन्, आवश्यकतालाई बुझेका छन्। आफ्नो हकहित र अधिकारका निम्ति लड्ने र लड्नु पर्ने नेतृत्व कस्तो ल्याउनु पर्छ भन्ने कुरा उहाँहरुलाई थाहा छ  र यी सबै आवश्यकतालाई पुरा गर्न सक्ने हाम्रो टिम भएको कारणले गर्दा पेशागत प्रगतिशिल तथा समावेशी समुहलाई अमुल्य मत प्रदान गरि विजयी गराउनु हुनेछ भन्ने हामीलाई विश्वास छ ।

    ९. निकै व्यस्त समयका वावजुद पनि हामीलाई समय दिनु भयो धन्यवाद यहाँलाई । 

    -> धन्यवाद । नमस्कार ।

     

     

    यसमा तपाइको मत

    Facebook Comment