• ताजा समाचार, देश, समाचार

    ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन -दुर्घटनाको कारण खराब मौसम

     133 Views
    ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन -दुर्घटनाको कारण खराब मौसम

    फागुन-१५, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हो ।

    दुर्घटनामा मन्त्री सहित सात जनाको ज्यान गएको पुष्टि भइसकेको छ । प्रवक्ता सुवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरेको शव पहिचान भइसकेको छ । ‘‘मन्त्रीज्यूको शव पहिचान भएको छ । उहाँको शरीरको केही भाग जलेको छ,’’ प्रवक्ता सुवेदीले भने ।

    पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । मयन भन्ने तारेभीरमा दुर्घटनाग्रस्त भएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

    गृहमन्त्रालयका अनुसार घटनास्थलतर्फ नेपाली सेना, एयर डाइनेष्टि र स्रिमीकको हेलिकोप्टर गएको छ । खराब मौसमका कारण एयर डाइनेष्टि र स्रिमीकको हेलिकोप्टर अवतरण हुन सकेको छैन । सुवेदीका अनुसार नेपाली सेनाको हेलिकोप्टर अवतरण गरेको स्थानसम्म शव ल्याउन केही समय लाग्नेछ ।

    मन्त्रालयका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका क्याप्टेन प्रभाकर केसी, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे, नेपाल नागरिक उड्ययन प्राधिकरणका इञ्जिनियर ध्रुबदास भोछिभया रहेका थिए ।

    ad
    ad
    ad

    यसमा तपाइको मत

    Facebook Comment