एजेन्सी । यो बर्ष फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्री सोमबारको दिन परेको छ । यो अति उत्तम दिन हो । धर्म ग्रन्थ अनुसार फागुन कृष्ण पक्ष चतुर्दशी तिथिको दिनमा महाशिबरात्री पर्ब मनाउने गरिन्छ । यो पटक शिवरात्री २०७५ फागुन २० गते सोमबारका दिनमा परेको छ । यो दिन भगवान शिबजीको पूजाको लागि निकै राम्रो दिन मानिएको छ, मान्यता अनुसार यो दिनमा यदि श्रद्धा पुर्बक भगवान शिवजीलाई प्रसन्न गर्ने उपायहरु गर्ने हो भने सबै मनोकामना पुरा हुनसक्छन ।
यस्तै स–साना अचुक उपायको बारेमा शिब पुराणमा पनि उल्लेख गरिएको छ , यी उपायहरु यति सरल छन जसलाई सजिलै संग पुरा गर्न सकिन्छ, सबै समस्याको समाधानको लागि शिब पुराणमा निम्न उपायहरुको बारेमा बताइएको छ ।
भगवान शिबजीलाई चामल चढाएमा धन लाभ हुन्छ
भगवान शिबजीलाई तिल चढाएमा पापबाट मुक्ति मिल्छ
भगवान शिबजीलाई जौ अर्पित गरेमा शुख सम्वृद्धि बढ्छ
भगवान शिबजीलाई गौ। चढाएमा सन्तान शुख प्राप्त हुन्छ
ज्वरो आएको बेला भगवान शिबजीलाई जल चढाए ज्वरो छिटो निको हुन्छ
भगवान शिबजीलाई शक्कर मिलाएको दुध चढाउना ले मस्तिष्क तेज हुन्छ
शिबजीलिंगमा उखूको रस चढाउनाले जिबनमा सबै सुखको प्राप्ति हुन्छ
भगवान शिबजीलाई गंगाजल चढाएमा भोग अनि मोक्ष दुवै प्राप्ति हुन्छ
महले शिबलिंगको अभिषेक गरे टीबी रोगमा आराम मिल्छ
गाइको सुद्द घिउले शिबलिंगको अभिषेक गरेमा शारीरिक दुर्बलता हरेर जान्छ
मदारको फूलले भगवान शिबजीको पूजा गर्नाले मोक्ष प्राप्ति हुन्छ
भगवान शिबजीलाई चमेलीको फूलले पूजा गरेमा बाहन सुख प्राप्ति हुन्छ
शमीको पातले भगवान शिबजीलाई पूजा गर्नाले मोक्ष प्राप्ति हुन्छ
भगवान शिबजीलाई बेल पात चढाउनाले अबिबाहितलाई सुन्दर अनि शुशील श्रीमती प्राप्त हुन्छिन
जुहीको फूलले भगवान शिवजीको पूजा गर्नाले घरमा कहिलै अन्नको कमि हुदैन
कनेरको फूलले भगवान शिवजीको पूजा गर्नाले नया कपडा लगाउन पाइन्छ
महादेवको पूजा हरसिंगारको फूलले गरेमा सुख अनि सम्पत्तीमा बृद्दी हुन्छ
धतुरको फूलले महादेवको पूजा गर्नाले सुयोग्य पुत्रको प्राप्ती हुन्छ
रातो डंठलसंगको धतुरले भगवान शिबजीको पूजागर्न शुभ मानिएको छ
दुबोले भगवान शिबजीको पूजा गर्नाले साधकको आयु बृध्दि हुन्छ।। इति