नेता गगन थापाले सार्वजनिक मञ्चबाट भइरहेको आरोप प्रत्यारोपबारे समीक्षा गर्नुपर्ने बेला सभापतिले बोलेपछि कार्यकर्तालाई कसले सम्हाल्ने भन्ने प्रश्न गरेका हुन् । पार्टीका बैठकहरुमा खुला बहस छलफल गर्नुपर्ने तर सार्वजनिक मञ्चहरुमा संयमितता अपनाउनुपर्ने उनले जोड दिएका छन् ।
सभापति देउवाले भने उनलाई तत्कालै जवाफ दिदै आफूले शेखर कोइरालालाई दुई पटक बोलाएर धेरै आलोचना नगर्न भन्दा पनि नमानेको उनले बताए । आफ्नो धेरै विरोध नगर्न आग्रह गर्दै हात जोडेको भन्दै उनले भने, जहाँ पनि मलाई नै गाली गरेपछि मैले नबोलेर के गर्ने ? ’ भन्दै प्रति प्रश्न गरेका थिए ।