फागुन्-३, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रवासीको नाममा गरिएको प्रधानमन्त्रीको सम्बोधन मिथ्याङ्कमा आधारित् भएको बताएका छन् ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ओली आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्न चुकेको बताउँछन् । ‘मैले धेरै काम गर्छु भनेको थिएँ, केही पुरा भए, नसकेको चार वर्षमा पुरा गर्छु भन्नु भएको हुन्थ्यो’ शर्मा भन्छन्, ‘गल्ती कमजोरी नै छैन भनिसकेपछि त के आशा गर्नु ?’
समयमा बजेट खर्च नभएको, व्यापार घाटा बढेको, शेयर बजार घटेको देख्दादेख्दै राम्रै–राम्रो भयो भन्दा कसैले नपत्याउने प्रवक्ता शर्माको भनाइ छ ।
अर्थतन्त्रको आंशिक पक्ष मात्रै देखाएर भ्रम छर्न खोजिएको शर्माको आरोप छ । उनी भन्छन्, ‘तथ्यांकमा खेल्न मन लाग्दैन भन्दै आफू अनुकुलको तथ्यांक प्रस्तुत गर्नुभयो ।’ पत्रकार सम्मेलनमार्फत सरकारको एक वर्षे कार्यकालबारे काँग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने उनले स्याट्लाईटखबरलाई जानकारी दिए ।