casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तौल घटाएर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने

अनलाइनसमय |
१ साउन २०८१
तौल घटाएर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने

अस्मिता सापकोटा

काठमाडौं, १ साउन । पछिल्लो समय विश्वव्यापी रूपमै क्यान्सरका बिरामी बढ्दै गएका छन् । प्राणघातक रोग भएकाले धेरैलाई क्यान्सर भन्ने शब्द सुन्दा नै डर लाग्ने गर्छ । हुन पनि यो रोग लागेको प्रारम्भिक अवस्थामै थाहा भएन भने जटिल हुनुका साथै उपचार खर्च पनि धेरै लाग्छ । कतिपयको उपचार नपाउँदा ज्यान जान्छ भने कतिपयको उपचार हुँदाहँुदै पनि बाँच्ने सम्भावना कम हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो तथ्यांकअनुसार विश्वमा वर्षेनि करिब एक करोड मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । साथै नेपालमा पनि वर्षेनि करिब १५ हजारले क्यान्सरकै कारण ज्यान गुमाउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार वार्षिक करिब ३५ हजार क्यान्सरका नयाँ रोगी थपिने अनुमान छ । विश्वमै यसको न्यूनीकरणका लागि विशेष पहल भइरहेकै समयमा ओजेम्पिक र वेगोवी जस्ता जिएलपी–वान औषधिले केही क्यान्सरहरूको जोखिम कम गर्न मद्दत गर्ने एक नयाँ अनुसन्धानबाट पत्ता लागेको हो ।

अधिक तौल तथा मोटोपना भएका व्यक्तिलाई विभिन्न १३ प्रकारका क्यान्सरको उच्च जोखिम हुने अध्ययनहरुले देखाएका छन् । व्यक्तिको तौल बढ्दा उक्त जोखिम पनि बढ्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले नयाँ क्यान्सर निदानको लगभग ४०% भन्दा बढी केसहरू तौलसँग सम्बन्धित रहेको देखाएको छ । सन् २०२१ मा मात्रै प्रत्येक १ लाख व्यक्तिहरूमा लगभग १७० नयाँ क्यान्सर पीडितहरु भएको सिडिसीले जनाएको छ ।

२०२४, ५ जुलाईको जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित एक अध्ययनले जिएलपी—वान औषधि प्रयोग गर्ने टाइप टु मधुमेहका बिरामीलाई इन्सुलिन लिनेको तुलनामा १३ मध्ये १० वटा मोटोपना सम्बन्धित क्यान्सर लाग्ने सम्भावना न्यून हुने देखाएको छ ।

उक्त औषधिको प्रयोगले पित्त थैलीको क्यान्सर, मेनिन्जियोमा, प्यान्क्रियाटिक क्यान्सर र हेपाटोसेलुलर कार्सिनोमा (एक प्रकारको कलेजोको क्यान्सर)को जोखिम आधाभन्दा बढीले घट्ने उक्त अध्ययनको निष्कर्ष छ । साथै यसको प्रयोगले ओभेरियन क्यान्सर, कोलोरेक्टल क्यान्सर, मल्टिपल माइलोमा, एसोफेजियल क्यान्सर, एन्डोमेट्रियल क्यान्सर र मिर्गौलाको क्यान्सरको जोखिम पनि उल्लेखनीय रूपमा कम हुने अध्ययनले देखाउँछ ।

अधिक तौलले शरीरमा दीर्घकालीन सूजन हुने वा इन्सुलिनको मात्रा बढ्ने हुन सक्छ । यसैगरी यौन हार्मोनमा पनि परिवर्तन आउन सक्ने सम्भावना हुन्छ । यसले क्यान्सर निम्त्याउन सक्ने सम्भावना हुने सिडिसिको अध्ययनले देखाएको छ । जिएलपी—वान औषधिले इन्सुलिन हार्मोन उत्पादनमा सम्बन्धित प्रणालीहरूसँग अन्तरक्रिया गरेर सन्तुलनमा राख्न मद्दत गर्छ ।

‘उपचारमा जिएलपी—वानको प्रयोगले केही क्यान्सरको जोखिम कम गर्छ । जुन जीवनशैली परिवर्तन र तौल घटाउने शल्यक्रिया गरेर जोखिम कम गर्नु जस्तै हो,’ अध्ययनकर्ता लेख्छन् ।

सिडिसीको डेटा अनुसार पोस्टमेनोपजल स्तन क्यान्सर मोटोपनासँग सम्बन्धित क्यान्सरको सबैभन्दा सामान्य प्रकार हो । यद्यपि एक रिसर्चले जिएलपी—वानले पोस्टमेनोपजल स्तन क्यान्सरको जोखिम कम नगर्ने देखाएको छ । यसका साथै यसको प्रयोगले पेटको क्यान्सर वा थाइरोइड क्यान्सरको जोखिम पनि कम नहुने रसर्चको दाबी छ ।

अन्य रिसर्चका अनुसार जिएलपी—वानले शरीरको इन्सुलिन उत्पादनसँग अन्तरक्रिया गरेर थाइरोइडलाई नकारात्मक असर गर्न सक्ने देखाएको छ । औषधिको प्याकेजिङमा उल्लेख गरिएका सम्भावित थाइरोइड सम्बन्धित जोखिमबारे प्रयोगकर्ता सचेत हुनुपर्ने अध्ययनकर्ताहरुको सुझाव छ ।

यसरी नै टाइप टु मधुमेह बिरामीमा क्यान्सर निदानको जोखिम मेटफर्मिनको प्रयोग गरेर उपचार गरिएकाको तुलनामा जिएलपी—वान प्रयोग गर्नेहरूमा फरक नभएको र मेटफर्मिन प्रयोग गर्नेहरूभन्दा जिएलपी–वान प्रयोग गर्नेहरूमा मिर्गौलाको क्यान्सर निदानको जोखिम बढी देखिएको एक नयाँ अध्ययनले पत्ता लगाएको छ । अध्ययनको लागि केस वेस्टर्न रिजर्भ युनिभर्सिटी स्कूल अफ मेडिसिन र मेट्रोहेल्थ सिस्टमका अनुसन्धानकर्ताले टाइप टु मधुमेह भएका लगभग १७ लाख मानिसहरूको मेडिकल रेकर्डको एक दशकभन्दा बढी विश्लेषण गरेका थिए ।

अध्ययनको निष्कर्षले जिएलपी–वानआरएसले उच्च जोखिम जनसंख्यालाई क्यान्सर रोकथाममा सम्भावित रूपमा मद्दत गर्न सक्ने प्रमाणित गरेको भए तापनि तौल घटाउनाले क्यान्सर जोखिम घटाउन कसरी प्रभाव पार्छ भनेर बुझ्न थप अनुसन्धान आवश्यक रहेको अध्ययनकर्ताहरू बताउँछन् । साथै उनीहरूले यसको सम्भावित लाभ अन्वेषण गर्न थप पूर्व–क्लिनिकल र क्लिनिकल अध्ययनको आवश्यकतालाई जोड दिएका छन् ।

(सिएनएनको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun