बैंक खाता खोल्न अनिवार्य व्यवस्था लागू (भिडियो सामग्रीसहित)
अनलाइनसमय |
५ माघ २०८१
काठमाडौं, ५ माघ । नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने व्यवस्था लागू गरिएको छ ।नेपाल राष्ट्र बैंकको परिपत्रअनुसार माघ १ देखि यो व्यवस्था लागू भएको हो । यसअघि बैंक खाता खोल्न नागरिकता अनिवार्य थियो ।अब कुनै पनि बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालेराष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा मात्र ग्राहकको खाता खोलिदिन सक्छन् ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले पनि यसको तयारी गरेका छन् । यद्यपि तत्काल राष्ट्रिय परिचयपत्र नहुने ग्राहकका हकमा यथाशीघ्रबुझाउनेगरी खाता खोलिदिन सकिने बताइएको छ ।
बैंक खातामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएसँगै केन्द्रीकृत ग्राहक पहिचान प्रणाली (सेन्ट्रल केवाईसी)को काम समेत अघि बढेको छ ।सेन्ट्रल केवाईसीमा राष्ट्रिय परिचपयपत्र आबद्ध गर्ने चालू आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको व्यवस्थाअनुसार कर्जा सूचना केन्द्रले यो प्रणाली शुरू गरेको हो ।
बैंक तथा वित्त र भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूबीच ग्राहकको सूचना आदान–प्रदान थप सहज बनाउन सेन्ट्रल केवाईसी प्रणाली शुरू गरिएको हो ।सम्पत्ति शुद्धीकरण निवारण मूल उद्देश्य राखिएको यस प्रणालीलेसम्बन्धित बैंक, वित्त, नियामक र ग्राहकलाई समेत सहज हुनेछ ।
त्यसो तराष्ट्रिय परिचय पत्र बनाएकाले बैंक खाता खोल्दा केवाईसी भर्नुपर्दैन भन्ने धेरैको बुझाइ छ । यद्यपिशुरूमा खाता खोल्दा व्यक्तिगत विवरण भर्नुपर्ने पछि अन्य बैंक, वित्तमा नयाँ विवरण मात्र भरे पुग्ने बताइएको छ ।
कर्जा सूचना केन्द्रले आगामी २६ महीनाभित्र यो प्रणाली विकास गरिसक्ने जनाएको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरूमा अभ्यास गरिएको केन्द्रीकृत ग्राहक पहिचान प्रणालीको प्रयोग भविष्यमा टेलिकम, सेयर बजार र बिमामा समेत हुनसक्ने केन्द्रले बताएको छ ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्ट :