• ताजा समाचार, बिचित्र संसार, विज्ञान/प्रविधि

    २०२४ का १० ठूला नयाँ एआई

     264 Views
    २०२४ का १० ठूला नयाँ एआई

    अस्मिता सापकोटा

    काठमाडौं, २ कार्तिक । सन् १९९० को दशकमा इन्टरनेटको आविष्कार पछि प्राविधिक विकासले ठूलो फड्को मारेको छ । २०२४ सम्म आइपुग्दा प्राविधिक विकासमा ठूलो प्रगति भईसकेको छ । प्रविधिको महत्वपूर्ण उपलब्धि बनेको छ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) । आजका प्रायः प्राविधिक सेवा तथा प्रणालीमा यसको प्रयोग बढ्दो छ । यसैगरी नयाँ एआईको आविष्कार तथा परीक्षण पनि क्रमशः चलिरहेकै छ । २०२३ मा धेरै एआई च्याटबट परीक्षण भएका थिए भने २०२४ नयाँ एआई प्रणालीको आविष्कार र प्रयोगको वर्ष बनेको छ । २०२३ मा भएका सफल परीक्षणबाट नै २०२४ मा एआईको विकासमा ठूलो सफलता मिलेको हो ।

    गुगल, माइक्रोसफ्ट जस्ता ठूला प्राविधिक कम्पनीले एआईको परीक्षण तथा प्रयोगलाई अघि बढाइरहेका छन् । यसरी नै यस क्षेत्रमा एन्थ्रोपिक, मिस्ट्रल र ओपनएआई जस्ता स्टार्टअपले सफलता हात पारिरहेका छन् । यहाँ यिनै कम्पनीले उत्पादन गरेका २०२४ का १० ठूला एआई टुलबारे चर्चा गरिएको छ ।

    १. च्याटजिपिटी– फोरजिरो

    ओपनएआईले यसै मेमा च्याट जिपिटीको नयाँ मोडल च्याट जिपिटी– फोरजिरोको घोषणा ग¥यो । यस एआई च्याटबोटमा हेर्न, सुन्न र वास्तविक समयमा कुराकानी गर्न सक्ने क्षमता छ । यो च्याटबोट अन्यभन्दा ५० प्रतिशत सस्तो र च्याट जिपिटी टर्बो भन्दा दोब्बर छिटो रहेको कम्पनीको दाबीे छ । यस च्याटबोट आईफोन, आईप्याड र म्याक लगायतका एप्पलका नयाँ उत्पादनमा अपरेटिङ सिस्टममा प्रयोग गरिँदै छ ।
    अभिनेता स्कारलेट जोहानसनले उक्त एआईले उनको सहमति विना उनको आवाज प्रयोग गरेको आरोप लगाएपछि यसमा भएको भ्वाइस मोडको प्रयोगमा भने केही ढिलाइ हुने सम्भावना देखिन्छ । यसैगरी कम्पनीले च्याटबोटको विश्लेषणात्मक सीपमा सुधार गर्न पनि थप समय चाहिने बताएको छ ।

    २.एप्पल इन्टेलिजेन्स

    एप्पलले यसै जुन १० मा एक एप्पल इन्टेलिजेन्स भन्ने एआई प्रोजेक्ट सार्वजनिक गरेको छ । यसमा धेरै नयाँ सुविधाहरू भएको र अब उत्पादन हुने आईफोन, आईप्याड, म्याक लगायतका अपरेटिङ सिस्टममा यसलाई बिटा मोडमा उपलब्ध गराइने कम्पनीले घोषणा गरेको छ । यसबाट उपलब्ध हुने सुविधा एप्पलका प्रयोगकर्ता माझ निःशुल्क उपलब्ध हुनेछ । यसैगरी यसको सिरी अपडेटबाट प्रयोगकर्ता झनै लाभान्वित हुने कम्पनीको दाबी छ । सिरिले प्रयोगकर्ताको आग्रह बमोजिम फोटो सम्पादन गर्ने, नोटमा ती फोटो टाँस्ने र त्यसलाई आईमेसेजमा पठाउने काम गर्छ । एप्पलले आफ्ना उपकरणमा विभिन्न च्याटबाटको प्रयोग गर्न अन्य एआई सफ्टवेयर प्रदायकसँग पनि साझेदारी गर्दैछ ।

    ३. गुगल प्रोजेक्ट एस्ट्रा र नयाँ जेमिनाई च्याटबट

    २०२४ को मे महिनाको एक सम्मेलनमा गुगलले एक नयाँ विशेषज्ञ एआई सहायकको पहिलो संस्करण प्रस्तुत गरेको छ । कम्पनीले यस वर्षको अन्त्यसम्ममा यस एआईका केही फिचर जेमिनी एपमा आउने बताएको छ । यसको विकास गुगल डिप माइन्डको प्रोजेक्ट, ‘अस्त्र’को एक हिस्सा हो ।
    यसैगरी गुगलसँग जेमिनी १.५ प्रो र जेमिनी १.५ फ्ल्यास लगायतका नयाँ एआई च्याटबट मोडल पनि उपलब्ध छन् ।

    ४. माइक्रोसफ्टका एआई पिसी

    यसै मे महिनाको एक सम्मेलनमा माइक्रोसफ्टले माइक्रोसफ्टका नयाँ कम्प्युटरमा कृत्रिम बुद्धिमत्ता (एआई)को विशेषता प्रयोग भएको सार्वजनिक ग¥यो । यी पिसी अन्य भन्दा छिटो र प्रभावकारी रूपमा काम गर्न सक्षम छन् । कम्पनीले आपÞm्नो उत्पादनमा एआई प्रयोग गर्नुको उद्देश्य कम्प्युटरलाई अझ स्मार्ट बनाउनु रहेको बताएको छ ।

    ५. मेटाको एललामा थ्री

    मेटाले यही अप्रिलमा एललामा थ्री नामक नयाँ लार्ज ल्याङ्वेज मोडल सार्वजनिक गरेको छ । यस मोडलले ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक, मेसेन्जर जस्ता प्लेटफर्ममा एआई सुविधा थप गर्न मद्दत गर्नेछ ।

    ६.एनभिडियाको ब्ल्याकवेल चिप्स

    एनभिडियाका सीईओ जेन्सेन ह्वाङले यहि मार्चमा कम्पनीको नेक्स्ट जेनेरेसन एआई चिप ब्ल्याकवेल सार्वजनिक गरेका थिए । यसमा प्रयोग गरिएको एआई मोडलका कारण यसले अन्य चिप भन्दा छिटो काम ह्यान्डल गर्न सक्ने उनको भनाइ छ । यो चिप दुई सय आठ बिलियन ट्रान्जिस्टर मिलेर बनेको छ ।

    ७. मिस्ट्रल एआई

    मिस्ट्रल ओपनएआई र एनन्थ्रोपिक जस्ता कम्पनीहरूको प्रतिस्पर्धी हो । यस कम्पनीले यही मे महिनामा कोडेस्ट्रल नामक न्यु ल्याङ्वेज मोडल सार्वजनिक गरेको छ । यस मोडलले ८० वटा विभिन्न प्रोग्रामिङ ल्याङ्वेजमा राम्रोसँग काम गर्न सक्ने कम्पनीको दाबी छ ।

    ८.एन्थ्रोपिकको क्लाउड थ्रीपोइन्ट फाइभ सोंनेट

    यही जुन महिनामा एन्थ्रोपिकले आफ्नो नयाँ एआई मोडल क्लाउड थ्रीपोइन्ट फाइभ सोंनेट सार्वजनिक ग¥यो । यो मोडल ओपन एआईको च्याट जिपिटी भन्दा राम्रो र आफ्नो अघिल्लो मोडेल क्लाउड थ्री ओपस भन्दा दोब्बर छिटो भएको कम्पनीको दाबी छ । यसमा कम्पनीले प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेको छ ।

    ९.एडोबको जेनस्टुडियो

    २०२४ को मार्च महिनामा सफ्टवेयर डिजाइन कम्पनी एडोबले एक दर्जन न्यु जेनेरेटिभ एआई उपकरण सार्वजनिक ग¥यो । तीमध्ये जेन स्टुडियो नामक एउटा एपले प्रयोगकर्तालाई कन्टेन्ट बनाउन, ब्रान्डको लोगो लगायतको व्यवस्थापन गर्ने लगायत काममा मद्दत गर्छ । त्यसैले एउटै कामका लागि धेरै सफ्टवेयर प्रयोग गर्न आवश्यक पर्दैन । यस विशेषताका कारण बजारमा यसको माग धेरै छ ।

    १०.सेल्सफोर्सको आइन्स्टाइन

    २०२४ को अप्रिल महिनामा सेल्सफोर्सले व्यावसायिक च्याटबोट आइन्स्टाइन कोपाइलट सार्वजनिक ग¥यो । यसले अन्य च्याटबोटहरू भन्दा कम गल्ति गर्ने र यसले प्रवाह गर्ने जानकारी सत्य तथ्य हुने कम्पनीको दाबी छ । तर प्रविधि बजारमा यसको खपत भने न्युन देखिन्छ ।

    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment