• ताजा समाचार, स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    नेपाली भान्छामै छ प्रोटिनको भरपूर स्रोत

     152 Views
    नेपाली भान्छामै छ प्रोटिनको भरपूर स्रोत

    अस्मिता सापकोटा
    काठमाडौं, ५ असोज । प्रायः नेपालीको दैनिक आहार हो दाल, भात र तरकारी । यसमा शरीरलाई चाहिने अधिकांश पोषण तत्व पाइन्छन् । तर अचेल बाहिरी खानामा नेपालीको आकर्षण बढ्दो छ । अधिकांश शहरिया युवा वर्गले नेपाली मौलिक आहार भन्दा पनि मम, चाउमिन, पिज्जा, बर्गर जस्ता अधिक प्रशोधित कच्चापदार्थबाट बनेका खाना रुचाउँछन्, जुन स्वास्थ्यवद्र्धक मानिँदैन ।

    स्वस्थ जीवनको लागि सन्तुलित आहार अत्यावश्यक हुन्छ । कर्बोहाइडे«ट, प्रोटिन, विभिन्न किसिमका भिटामिन, मिनरल, फ्याट र पानी समिश्रण भएको आहार नै सन्तुलित आहार हो । यसमध्ये कुनै एक वा दुई तत्व मात्र पाउने खानेकुरा खाँदा हाम्रो शरीरलाई चाहिने अन्य तत्वको कमी हुन्छ र त्यसले शरीरलाइ हानिसमेत पु¥याउन सक्छ ।

    हामीमध्ये कतिपय मौलिक नेपाली पोषण युक्त खानालाई बेवास्ता गरेर शरीरलाई चाहिने पोषक तत्वको लागि भने विभिन्न बाहिरी ‘सप्लिमेन्ट’मा भर परिरहेका छांै । तर यस्ता सप्लिमेन्टको सेवनभन्दा दैनिक खानामै सन्तुलित आहार सम्मिलित गर्नु थप स्वस्थकर हुने केही अध्ययनले देखाएका छन् ।

    सन्तुलित आहारमा एक अत्यावश्यक तत्व हो प्रोटिन । शरीरका तन्तुहरूको विकास, निर्माणमा मद्दत गर्ने भएकाले यसलाई बिल्डिङ ब्लक अफ टिस्यु पनि भनिन्छ । यसले पाचन प्रक्रियामा मद्दत गर्नुका साथै शरीरमा पीएचको सन्तुलन कायम राख्छ । प्रतिरक्षा प्रणालीलाई बलियो राख्न साथै पोषक तत्वहरू आपूर्ति र सञ्चय गर्न पनि यसको मुख्य भूमिका हुन्छ । यसले शरीरको लागि इन्धन स्रोतको रूपमा पनि काम गर्छ ।

    शरीरको हरेक क्रियाकलापमा महत्वपूर्ण भूमिका भएको प्रोटिनको स्रोत हाम्रो भान्छामा पाक्ने धेरै खानेकुराहरुमा प्रशस्त पाइन्छन् । खानामा सन्तुलित तरिकाले प्रोटिनको मात्रा समावेश गर्ने हो भने यसको परिपूर्ति गर्न अन्य सप्लिमेन्ट चाहिँदैन । मानव शरीरले प्रोटिन भण्डारण गर्न नसक्ने भएकाले दैनिक प्रोटिनकोे आवश्यकता पूरा गर्ने सबैभन्दा प्रभावकारी उपाय प्रत्येक खानामा प्रोटिनको मात्रामा समावेश गर्नु हो । आज हामी तपार्इं हाम्रै भान्छामा पाउने केही मुख्य प्रोटिनका स्रोतहरुका बारेमा चर्चा गर्दै छौँ ।

    १. गेडागुडी

    दाल प्रायः नेपालीको भान्छामा दैनिक पकाइन्छ । दाल मास, चना, बोडी, केराउ, मुङ, मुसुरो, गहत, रहर, मस्याङ, राज्मा जस्ता गेडागुडीबाट बनाउन सकिन्छ । यस्ता गेडागुडीमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । भटमास, बकुल्ला, तुने बोडी, सिमी जस्ता तरकारीको स्रोतका रूपमा रहेका गेडागुडी पनि प्रोटिनका मुख्य स्रोत हुन् ।

    २. दुधजन्य पदार्थ

    नेपाली भान्छामै पाइने अर्को प्रोटिनयुक्त आहार हुन् दुध, दही, घ्यु, मोही, पनीर, चिज जस्ता दुधजन्य पदार्थ । यीमध्ये पनि दहीमा झनै बढी प्रोटिनको मात्रा हुन्छ ।

    ३. बदाम तथा बियाँहरु

    नेपाली माटोमै फल्ने बदाम, सल्लाको दाना, फर्सीको दाना, तिल, झुसे, सूर्यमुखीको दाना, ओखर, सिलामबाट पनि प्रशस्त मात्रामा प्रोटिन पाउन सकिन्छ ।

    ४. अण्डा तथा माछामासु

    हाम्रै वरिपरि पाइने कुखुरा, हाँस, बट्टाईको अण्डा तथा मासु पनि प्रोटिनको राम्रो स्रोत हो । माछामा अन्य मासुमा भन्दा प्रोटिनको मात्रा बढी हुन्छ । खसी, बोका, सुँगुर, जस्ता जनावरको मासुमा भने यसको मात्रा थोरै हुन्छ ।

    यसमध्ये पनि अण्डा प्रोटिनको प्रमुख स्रोत हो । अण्डा तथा माछामासु नखानेका लागि यसको वैकल्पिक स्रोत आल्मन्ड, दुधजन्य पदार्थका साथै प्रशस्त गेडागुडी हुन् ।

    वयस्क व्यक्तिलाई दैनिक तौलको प्रतिकिलोग्राम ०.८ ग्रामदेखि १ ग्राम प्रोटिनको आवश्यकता पर्ने अध्ययनहरुले देखाएका छन् । तर व्यक्तिको शारीरिक क्षमता र स्वास्थ्य अवस्था अनुसार प्रोटिनको आवश्यकता फरक हुन्छ ।

    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment