माघ २१,काठमाडौं- २५ अप्रिल १९४७ मा स्थापना भएको अमेरिका सँगको दौत्य समबन्धले आज ७० बर्ष पार गरिसकेको छ । यश बिचमा थुप्रै उतार चढावहरु मुलुक भित्र आए । निरङ्कुश जहाँनिया राणा शासन देखी लिएर निरङ्कुश एक्दलिय राजतन्त्र, समबैधानिक राजतन्त्र हुँदै सम्बिधान सभा भाग २ पश्चात स्थापना भएको गणतन्त्रात्मक नेपाल त्यो पनि लोकतान्त्रीक प्रजातन्त्रवादी कम्युनिष्ट सरकार बाट थुप्रै अपेछा नागरिक र शक्ती राष्ट्रहरुले गरेका छन भन्दा फरक पर्दैन ।
त्एश पश्चात नेपालले सन् १९५८ मा अमेरिकामा राजदुतावाश स्थापना गर्दा अमेरिकाले पनि तत्काल नै प्राथमिकतामा राख्दै १ वर्स पछी सन् १९५९ को मध्य तिर नेपालमा दुतावाश स्थापना गर्यो । साथै अमेरिकाका थुप्रै शहरहरुमा मितेरी समबन्ध कायम भयो । लामो समय सम्मको अन्तराल चिर्दै नेपालमा प्रजातन्त्रको बहाली पश्चात तत्कालीन अमेरिकन प्रथम महिला हिलारी क्लिन्टन बाट सन् १९९५ मा उच्चस्तर को भ्रमण भयो । त्एश पश्चात बिभिन्न उच्च अधिकारिहरु नेपाल भ्रमणमा आइरहे । त्एसै गरी नेपालबाट पनि सोही किसिमका उच्च स्तरका भ्रमणहरु अमेरिकामा भएका छन् ।
त्एती मात्र हैन नेपालको बिकाशमा अमेरिकाको ठुलो योगदान यातायात्, सन्चार्, श्वाश्थ्य, परिवार नियोजन्, कृशि, बन , उर्जा लगायत मिलिटरी फोर्समा देखिन्छ । सन २०१६ को प्रतिवेदन अनुशार अमेरिका सँगको ब्यापार घाटा मात्र ९ खर्ब भन्दा माथि देखिनुले नेपालको अमेरिका सँगको निर्भरता सहजै बुझ्न सकिन्छ । बिगत ५ वर्सको आकडा हेर्ने हो भने वार्सिक ५० हजारको हाराहरिमा अमेरिकन पर्यटकहरु नेपाल भितृएको देखिन्छ ।
एश्ता यि सबै तथ्याङ्कले के बताउछ भने नेपालको एउटा हितैशी र नभै नहुने मित्र अमेरिका हो भन्ने बुझिन्छ । एसर्थ कुनै पनि मुलुक चाहे त्यो भेनेजुएला होश या अरु कुनै पनि रास्ट्रहरुको बारेमा पछ धर भएर भन्दा पनि तटस्थ भएर रहनु नै मुलुकका लागि हितकर देखिन्छ । होला भेनेजुएलामा कम्युनिष्ट सरकारलाई मान्यता नदिने या अपदश्थ गर्ने निती कुनै पनि शक्ती रास्ट्र्को हुन सक्ला तर हामीलाई प्रदान गरिएको मैदान संयुक्त रास्ट्र सघ बाट नै कुरा उठाउदा उपयुक्त हुन्छ । अर्को कुरा हेक्का रहोश भेनेजुएलामा नेपालको दुतावाश पनि छैन र उश्ले हामी जस्ता साना मुलुकलाई चिन्दा पनि चिन्दैन । हामी मात्र एकोहोरो चिन्छौ र उश्को पिडा सम्झिएर आफ्नो तरिकाले बिज्ञप्ती निकाल्दै बशिउ भने त्एश्ले नाफा हैन नोक्सान मात्रै गर्ने हुन्छ ।
तसर्थ सरकार अब मुलुक नयाँ कोर्समा प्रवेश गरी सक्यो परारास्ट्र नितिका समबन्धमा ब्यापक छलफल गरी सन्सार हेर्ने ‘ एक द्वार प्रणाली ‘ कायम गर्दा नै सबैभन्दा उत्तम देखिन्छ न कि लहड चल्यो बिज्ञप्ती जारी गर्यो !