काठमाडौं, ८ वैशाख । हाल विश्वमा शान्तिको सास फेर्न गाह्रो भइसकेको छ । कुनै न कुनै कुनामा द्वन्द्व, युद्ध र तनावको अवस्था देखिन्छ । यस्तो समय विश्वका सबै मुलुकहरू आफ्नो सुरक्षा रणनीति कडाई गर्दै, सेना थप बलियो बनाउँदै र आधुनिक हतियार संकलन गर्न तल्लीन छन् । एशिया महादेश पनि यसको अपवाद छैन । यहाँका देशहरू सैन्य क्षमता, आधुनिक हतियार, जनशक्ति बढाइरहेका छन् ।
आज हामी एशियाका त्यस्ता पाँच शक्तिशाली देशबारे चर्चा गर्ने छौं ।
१, रुस
एशियाको सबैभन्दा शक्तिशाली देशका रूपमा रहेको रुस विश्वकै दोस्रो ठूलो बल फायरपावर सैन्य शक्ति भएको मुलुक हो । रुस वास्तवमा दुई महादेशमा फैलिएको मुलुक हो, युरोप र एसिया । पावर इन्डेक्समा रुसले ०.०७८८ अङ्क प्राप्त गरेको छ । रुसी सैन्य कर्मचारीको संख्या ३५लाख ७० हजार, सैन्य विमान सङ्ख्या ४ हजार २९२ र ५ हजार ७५इ ट्यांक छन् ।
२, चीन
एशियाको दोस्रो तथा विश्वको तेस्रो शक्तिशाली मुलुक हो चीन । चीनसँग अत्याधुनिक हतियार, जस्तै हाइपरसोनिक मिसाइल, परमाणु शस्त्रहरू छन् । पावर इन्डेक्समा चीनले ०.०७८८ अङ्क प्राप्त गरेको छ । जुन रुसको बराबर हो । चिनियाँ सैन्य कर्मचारीहरूको सङ्ख्या ३१ लाख ७० हजार रहेको छ । चीनसँग कुल सैन्य विमान संख्या ३ हजार ३०९ छ र ट्यांक सङ्ख्या ६ हजार ८०० छ ।
३, भारत
बल फायरपावर सैन्य शक्ति श्रेणीअनुसार भारत एशियाको शक्तिशाली देशहरुमध्ये तेस्रोे स्थानमा छ । पावर इन्डेक्समा भारतले ०.११८४ अङ्क प्राप्त गरेको छ । भारतमा सक्रिय सैन्य कर्मचारीहरूको सङ्ख्या ५१ लाख ३७ हजार ५५० छ । यसबाहेक कुल सैन्य विमानको संख्या २ हजार २२९ र ट्यांकको सङ्ख्या ४ हजार २०१ छ ।
विश्वको चौथो ठूलो सैन्य शक्ति भारतसँग परमाणु हतियार, एडभान्स्ड फाइटर जेट, पनडुब्बी र अत्याधुनिक क्षेप्यास्त्र प्रणाली छ ।
४, दक्षिण कोरिया
दक्षिण कोरिया एशियाका शक्तिशाली देशहरूको सूचीमा चौंथो नम्बरमा छ । दक्षिण कोरियासँग अत्याधुनिक ट्याङ्क, फाइटर जेट र मिसाइल डिफेन्स प्रणाली छ । पावर इन्डेक्समा दक्षिण कोरियाले ०.१६५६ अङ्क प्राप्त गरेको छ । दक्षिण कोरियाको सैन्य कर्मचारीको सङ्ख्या ३८ लाख २० हजार, १ हजार ५९२ सैन्य विमान तथा २ हजार २३६ ट्यांक रहेका छन् ।
५, जापान
एशिया फायरपावरको सैन्य शक्ति श्रेणीअनुसार जापान पाँचौं शक्तिशाली देशहरूको सूचीमा सूचीकृत छ । दोस्रो विश्वयुद्धपछि जापानले शान्तिवादी नीति लिएको भए पनि पछिल्लो समय उसले आफ्नो रक्षा नीति पुनः परिभाषित गर्दै सैन्य शक्ति विस्तार गरिरहेको छ । जापानसँग अत्याधुनिक नेभल फोर्स, फाइटर जेट र मिसाइल डिफेन्स प्रणाली छ ।
पावर इन्डेक्समा जापानले ०.१८३९ अङ्क प्राप्त गरेको छ । जापानको सैन्य कर्मचारी सङ्ख्या ३ लाख २८ हजार १५० छ । जापानसँग १ हजार ४४३ सैन्य विमान र ५२१ ट्यांक छन् ।
अतः नेपाल भने एशियाको ४४ औं शक्तिशाली मुलुकमा पर्छ । पावर इन्डेक्सका अनुसार नेपालले २.८९१५ अङ्क प्राप्त गरेको छ ।
