काठमाडौं, १७ वैशाख । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनसुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।