काठमाडौं, १० वैशाख । प्रहरी प्रधान कार्यालयले एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै एकजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारीलाई लामो समयदेखि गैरहाजिर रहेको भन्दै सम्पर्कमा आउन सात दिनको समय दिएको हो । गैर हाजिर हुनेमा ए सहायक अबलदार, १४ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्।
गैर हाजिर हुनेमा १ सहायक हबलदार, १४ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् । उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालयले सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने समेत चेतावनी दिएको छ ।
