काठमाडौं, ४ वैशाख । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढ्दै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा २ हजार ७ सय रुपेयाँले बढेको सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज आज १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।