सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख ८७ हजार पुग्यो

अनलाइनसमय |
३ वैशाख २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख ८७ हजार पुग्यो

काठमाडौं, ३ वैशाख । नेपाली बजारमा आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढ्दै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । यसअघि ३१ चैतमा सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम भएको थियो ।

मंगलबार सुन तोलामा १७ सय रुपैयाँले घटेर ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस