आयल निगमको विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

अनलाइनसमय |
२७ चैत २०८१
आयल निगमको विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं, २७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयल निगममा रिक्त एक जना विज्ञ सञ्चालक सदस्य पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको हो ।

उक्त पदका लागि इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा आवेदन दिन सक्नेछन् ।

उक्त पदमा दरखास्त दिन नेपालको नागरिक भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा १० वर्षको विज्ञता हासिल गरेको हुनुपर्ने छ ।

यस्तै उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको, दरखास्त दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस