तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२७ चैत २०८१
तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, २७ चैत । नेपाली बजारमा केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस