काठमाडौं, २६ चैत । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्तितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।