तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनसमय |
२४ चैत २०८१
तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २५ चैत । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँका कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस