घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२३ चैत २०८१
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँका कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । एकैदिन चाँदी तोलामा ७० रुपैयाँले घटेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस